डोल्पा, १४ कार्तिक २०८३।
डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट गएराती आठ जना कैदी भागेका छन्।
कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु कारागारबाट भागेका हुन्।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ।
प्रहरी टोलीले घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धान गरिरहेको छ। फरार कैदीको वास्तविक संख्या र उनीहरूको पहिचानबारे भने आधिकारिक पुष्टि हुन बाँकी छ।
स्रोतका अनुसार प्रारम्भिक रूपमा ८ जना कैदी फरार भएको जानकारी प्राप्त भएको हो।
घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।