नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा पत्रकार पोखरेलको मृत्यु

नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा पत्रकार पोखरेलको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ कार्तिक २०८३
  • 190
    Shares

नवलपरासी, १४ कार्तिक २०८३।

नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ।

रामग्राम नगरपालिका–२ स्थित हुलाकी सडकखण्डको सेतो पुलमा बुधबार मध्याह्न करिब सवा १२ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको हो। मृतक पोखरेल रुपन्देहीबाट ‘अग्निपरीक्षा’ नामक साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ भलवारी निवासी अन्दाजी ४० वर्षीय पोषकान्त पोखरेलको उपचारका लागि पृथ्वीचन्द्र अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने ठक्कर दिने ट्रक र चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार