स्याङ्जामा बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते

स्याङ्जामा बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ भाद्र २०८३
  • 1.4K
    Shares

 स्याङ्जा, २४ भदौ २०८३।

स्याङ्जाको हेलुस्थित अर्जुनचौपारी जाने चोकमा बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।

लु १ ख ८४५४ नम्बरको बससँग मोटरसाइकल ठोक्किँदा गल्याङ–११ गल्कोटका ४५ वर्षीय गोपाल अर्याल घाइते भएका हुन्। दुर्घटनामा उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ।

अर्यालको भीरकोट नगर अस्पताल हेलुमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया