मोटरसाइकल दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतको मृत्यु

मोटरसाइकल दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ भाद्र २०८३
  • 969
    Shares

सुनसरी , २४ भदौ २०८३।

सुनसरीको दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलमा मोटरसाइकल दुर्घटना हुँदा रेडियो नेपालका प्राविधिक अधिकृत प्रकाशलाल थान्दारको मृत्यु भएको छ ।

शुक्रबारेबाट नहरतर्फ जाँदै गरेको थान्दार सवार मोटरसाइकल सिमरबना पुलबाट करिब १५ मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा उनको मृत्यु भएको हो।

गढी गाउँपालिका–२ निवासी ५५ वर्षीय थान्दारले चलाएको बा ७५ प ३११० नम्बरको मोटरसाइकल मंगलबार साँझ करिब ७ः१० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थान्दारलाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार थान्दार रेडियो नेपालका प्राविधिक अधिकृत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उनको साथबाट प्राविधिक अधिकृतको परिचयपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । तीव्र गति वा सडकमा ध्यान नदिएका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया