इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका ६८ वर्षीय थुनुवाको मृत्यु

इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका ६८ वर्षीय थुनुवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ भाद्र २०८३
  • 912
    Shares

itahari police, इलाका प्रहरी कार्यालय इटहरी

सुनसरी, २४ भदौ २०८३।

सुनसरीस्थित इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका ६८ वर्षीय थुनुवाको मृत्यु भएको छ।

बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धानका क्रममा हिरासतमा रहेका इटहरी उपमहानगरपालिका–४ का ६८ वर्षीय कुलबहादुर कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार , कार्की मंगलबार बिहान हिरासतमा अचानक बेहोश भएका थिए। बिहान करिब ४ः४५ बजे दाँत किटेर बेहोश भएपछि उनलाई तत्काल उपचारका लागि इटहरीस्थित वेदान्त अस्पताल लगिएको थियो।

वेदान्त अस्पतालले थप उपचार आवश्यक रहेको भन्दै रेफर गरेपछि कार्कीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। प्रतिष्ठानमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए।

कार्की गत भदौ ५ गतेदेखि बाल यौन दुरुपयोग मुद्दामा इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा थिए। उनीविरुद्ध उक्त मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार्कीको मृत्युको कारणबारे भने हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया