पोखरा, २३ भदौ २०८३।
दुईतले घरको छतबाट खसेर पोखरामा १९ वर्षीय एक युवक घाइते भएका छन्।
पोखरा महानगरपालिका–१४ शान्ति टोलमा ट्रस बनाउने क्रममा दुईतले घरको छतबाट खसेर कास्कीको मादी गाउँपालिका–७ थाक घर भई हाल पोखरा–१४ चाउथे बस्दै आएका १९ वर्षीय अनिल विक घाइते भएका हुन्।
प्रहरीका अनुसार , बुधबार दिउँसो करिब १२ः३० बजे स्थानीय टेकबहादुर गुरुङको घरमा ट्रस निर्माण गर्ने क्रममा अनिल विक अचानक छतबाट खसेर घाइते भएका थिए। त्यसपछि उनलाई तत्काल उद्दार गरेर उपचारका लागि साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। उनको टाउको, ढाड र बायाँ हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।