चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्प, काठमाडौंमा धक्का

चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्प, काठमाडौंमा धक्का


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ भाद्र २०८३
  • 1K
    Shares

earthquake

काठमाडौं, २४ भदौ २०८३।

चीनको स्वशासित क्षेत्र तिब्बतमा ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। गएको राति ९ बजेर ५३ मिनेटमा नेपाल–चीन सीमा क्षेत्र नजिक, गण्डकी प्रदेशको मनाङबाट करिब ६१ किलोमिटर टाढा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का भने काठमाडौं उपत्यकासहित मध्य नेपालका विभिन्न क्षेत्रमा महसुस गरिएको प्राप्त समाचारमा जनाइएको छ। हिमाली तथा दुर्गम क्षेत्रमा केन्द्रबिन्दु रहेको भूकम्पका कम्पन टाढाका भूभागसम्म पुगेको जनाइएको छ।

भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरणबारे थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया