सेती नदी किनारबाट अवैध बालुवा उत्खनन गर्ने टिप्परलाई महानगरले तिरायो १२ हजार रुपियाँ जरिवाना

सेती नदी किनारबाट अवैध बालुवा उत्खनन गर्ने टिप्परलाई महानगरले तिरायो १२ हजार रुपियाँ जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ भाद्र २०८३
  • 855
    Shares

पोखरा,२२ भदौ २०८३

सेती नदी किनारबाट अवैध रुपमा बालुवा उत्खनन गर्ने टिप्परलाई पोखरा महानगरपालिकाले १२ हजार रुपियाँ जरिवाना तिराएको छ।

कास्कीको पोखरा महानगरपालिका–२५ स्थित सेती नदीको किनारबाट अवैध रूपमा बालुवा उत्खननगरेको आरोप लागेको ग १ ख ४२९९ नम्बरको टिप्परलाई महानगरपालिकाले १२ हजार रुपियाँ जरिवाना तिराएको हो ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उक्त टिप्परलाई गएको भदौ १८ गते राति करिब १०ः३० बजे सेती नदीको किनारबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

नियन्त्रणमा लिइएको टिप्परलाई प्रहरीले आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाएकोमा उक्त टिप्परलाई रु. १२ हजार जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया