पोखराको याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेका स्याङ्जाका युवकको मृत्यु

पोखराको याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेका स्याङ्जाका युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ भाद्र २०८३
  • 2.4K
    Shares

पोखरा, २१ भदौ २०८३ ।

पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–५, मालेपाटन बस्दै आएका २१ वर्षीय मुक्तबहादुर रोक्का रहेका छन्।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब १२ः४५ बजे याम्दी खोलामा पौडी खेल्ने क्रममा रोक्का अचानक पानीमा डुबेका थिए। घटनाको खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

उक्त प्रहरी टोलीले तत्काल उद्धार गरी रोक्कालाई उपचारका लागि मणिपाल अस्पताल पुर्‍याएको थियो। उनको अवस्था गम्भीर रहेको थियो। उपचारका क्रममा चिकित्सकले दिउँसो २ः०१ बजे रोक्कालाई मृत घोषणा गरेको प्रहरीलाई उद्धृत गर्दै प्राप्त जानकारीमा उल्लेख छ।

घटनाबारे थप विवरण तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया