आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० भाद्र २०८३
  • 779
    Shares

काठमाडौँ, २० भदौ२०८३।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

त्यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा तथा बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको १०९ रुपैयाँ ३१ पैसा र १०९ रुपैयाँ ७४ पैसा तथा सिङ्गापुर डलर एकको ११९ रुपैयाँ ०२ पैसा र ११९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियाल एकको ४० रुपैयाँ १८ पैसा र ४० रुपैयाँ ३४ पैसा तथा कतारी रियाल एकको ४१ रुपैयाँ ३९ पैसा र ४१ रुपैयाँ ५६ पैसा खरिद–बिक्रीदर तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम एकको ४१ रुपैयाँ ०८ पैसा र ४१ रुपैयाँ २४ पैसा तथा मलेसियन रिङ्गेट एकको ३७ रुपैयाँ ३० पैसा र ३७ रुपैयाँ ४५ पैसा रहेको छ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १६ पैसा र बिक्रीदर ११ रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको १५ रुपैयाँ ७८ पैसा र १५ रुपैयाँ ८५ पैसा तथा डेनिस क्रोनर एकको २३ रुपैयाँ ४५ पैसा र २३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको ४९१ रुपैयाँ ४७ पैसा र ४९३ रुपैयाँ ४२ पैसा तथा बहराइन दिनार एकको ४०० रुपैयाँ १९ पैसा र ४०१ रुपैयाँ ७८ पैसा तोकिएको छ। ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने भएकाले अद्यावधिक दरका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।

प्रतिक्रिया