आज अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

आज अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ भाद्र २०८३
  • 893
    Shares

पोखरा १ भदौ २०८३ ।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ भने आज थप घटेको छ। 

बुधबार पनि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनासहितका मुद्राको मूल्य घटेको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा थियो। 

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा थियो। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६२ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ २७ र बिक्रीदर ४०३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ १७ र बिक्रीदर ४०३ रुपैयाँ ७७ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया