आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घट्यो

आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० भाद्र २०८३
  • 874
    Shares

पोखरा, १० भदौ २०८३।

नेपाल राष्ट्र बैंकले आज (बुधबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो मुद्राको मूल्य घटेको छ। 

हिजो अमेरिकी डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर बढ्दा अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्रा सस्तिएका थिए। 

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा थियो। 

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा छ। हिजो युरो १ को खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०५ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २०८ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा थियो। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०० रुपैयाँ ४१ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ १४ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १६ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया