यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ भाद्र २०८३
  • 817
    Shares

काठमाडौँ, ४ भदौ २०८३।

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ २९ पैसा र बिक्रीदर २०८ रुपैयाँ ११ पैसा तथा स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४५ पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ २३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा तोकिएको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा रहेको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७४ पैसा र बिक्रीदर २३ रुपैयाँ ८३ पैसा तोकिएको छ।

यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १७ पैसा रहेको छ।

ओमानी रियाल एकको खरिददर ३९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकबाट अद्यावधिक दर बुझ्न राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया