चितवनमा एसी ग्यास सिलिन्डर विस्फोट : एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

चितवनमा एसी ग्यास सिलिन्डर विस्फोट : एक जनाको मृत्यु, अर्का गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ साउन २०८३
  • 931
    Shares

चितवन, ८ साउन २०८३ ।

चितवनको भरतपुर महानगरपालिका–१६ स्थित रोयल फार्मासिटी औषधि उद्योगमा एसीको कुलिङ ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ३:२० बजे उद्योगको दोस्रो तल्लामा Kalton 410A नामक एसी कुलिङ ग्यास सिलिन्डरमा ग्यास भर्ने क्रममा अचानक विस्फोट भएको थियो।

विस्फोटमा एसीको ग्यास भर्न बाहिरबाट आएका पर्सा जिल्लाको पर्सागढी नगरपालिका–५ निवासी २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको नयाँ मेडिकल कलेज, भरतपुर मा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, भरतपुर महानगरपालिका–१२ निवासी ३० वर्षीय प्रमोद कोइराला पनि विस्फोटमा गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले साँझ करिब ४:०५ बजे उनलाई मृत घोषणा गरेका हुन्।

घटनाको कारण, विस्फोटको प्रकृति तथा सुरक्षा मापदण्डका विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया