गोली प्रहारपछि दुईसय ४३ ग्राम ब्राउन सुगरसहित ६ जना पक्राउ, दुई जना घाइते

गोली प्रहारपछि दुईसय ४३ ग्राम ब्राउन सुगरसहित ६ जना पक्राउ, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ साउन २०८३
  • 950
    Shares

सिरहा, साउन ७, २०८३

सिराहामा गोली हानेर दुई

सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकबाट प्रहरीले २४३ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने क्रममा प्रहरीमाथि प्रतिकार गरी भाग्न खोजेपछि प्रहरीले ७ राउण्ड गोली चलाउँदा दुई जना घाइते भएका छन्।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक राजु प्रसाद ढकालको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिहीबार साँझ करिब ६:२५ बजे उक्त कारबाही गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहासँग समन्वय गरी सञ्चालन गरिएको अपरेशनका क्रममा दुईवटा मोटरसाइकलमा आएका शंकास्पद ६ जनालाई रोकी चेकजाँच गर्दा उनीहरू भाग्न तथा प्रहरीमाथि प्रतिकार गर्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको छ।

गोली लागेर सप्तरीको रुपनी गाउँपालिका–१ का ४२ वर्षीय मोहम्मद नसिर र भारत, बिहार राज्य मधुबनी जिल्लाका २४ वर्षीय विद्यानन्द यादव घाइते भएका छन्। दुवै जनाको खुट्टामा गोली लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको प्रादेशिक अस्पताल लहानमा प्रहरी निगरानीमा उपचार भइरहेको छ।

घटनामा पक्राउ पर्ने अन्य व्यक्तिहरूमा सप्तरीको बोदेबरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भु प्रसाद यादव, २५ वर्षीय बैधनाथ यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मोहम्मद जमाहिर आलम तथा ३२ वर्षीय मोहम्मद इमामुदिन रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २४३ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थदुईवटा मोटरसाइकल (स १ प ८०५ नम्बरको अपाचे र स ३ प ८१८५ नम्बरको युनिकर्न) तथा सात थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय लहान, सिरहाले गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया