जवरजस्ती करणी प्रयासको आरोपमा प्रक्राउ परेका नेकपा एमालेका कार्यकर्ता अशोक पौडेल एमालेको चर्को दबाबका कारण एक दिनमै छुटेका छन् । पटक–पटक पार्टी भित्र पनि त्यस्तै आरोपमा बिबादमा आउने गरेका पर्बत घर भएका अशोक पौडेल एमाले नेताहरुको चर्को दबाबकाकारण एक दिनमै छुटेका हुन् ।
यसअघि पनि त्यस्तै घटनामा उनी दुई पटकसम्म प्रहरी नियन्त्रणमा परिसकेका छन । केही दिन अगाडी नशाले मातेर राति १२ बजे आफै भाडामा बस्ने घरकी किशोरी माथि अनैतिक संबन्ध राख्ने प्रयास गरेका थिए । सोही घरमा अर्को कोठामा बस्ने एक युवकले पहिलो पटक छुटाएर पौडेललाई परिबारको जिम्मा लगाएपनि पुनः केही समय पछि किशोरीको कोठामा आएर अभद्र व्यववार गरेको उनीमाथी आरोप छ ।
पहिलोपटक छुटाएर लगेको युवकको कोठामा चुकुल लगाएर पौडेल युवतीको कोठामा गएकोले उनी नियतवश नै त्यहाँ पुगेको पीडित पक्षको दावी छ । युवती चिच्याएपछि छिमेकीहरु युवतीको कोठामा पुग्दा पौडेल अर्धनग्न अबस्थामा भेटिएको र प्रहरीलाई खबर गरेका थिए ।
पीडित पक्षले प्रहरीलाई खबर गरे पछि प्रहरी नियन्त्रणमा परेका पौडेल एमालेकै नेताहरुको चर्को दबाबमा पक्राउ परेको भोलीपल्ट बिहान ११ बजे नै जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट छुटेका छन।
गलत नियत बोकेका यस्ता ब्यक्तिहरुको कारण पार्टीको छवि नै बिग्रिएको भन्दै एमाले भित्रैका केही ईमान्दार कार्यकर्ताहरुले चिन्ता ब्यक्त गरेका छन । बाहिर ल्याउदा पनि पार्टीकै बदनाम हुने नल्याउदा गलत ब्यक्तिहरुले संरक्षण पाईरहने भएको एमालेका केही कार्यकर्ताहरुले सुनाए ।
प्रहरीले नियन्त्रणमा लिएको भएपनि केटी पक्षबाट उजुरी नपरेपछि छुटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता गजुसिद्धि बर्जाचार्यले बताए । केटीको कोठामा गएर राती विवाद गरेको र अभद्र व्यवहार गरेको भनेर खबर आएपछि नियन्त्रणमा लिएपनि केटी पक्षले उजुरी नहालेका कारण छाडिएको उनको दाबी छ ।