ठुलाेमा मात्रामा एकहजार दरका नक्कली नाेटसहित पाेखराबाट एक जना पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले नक्कली नाेटविरूद्ध सञ्चालन गरेकाे ‘अपरेशन चार्ली’ काे संयुक्त टाेलीले गएकाे अाइतबार राती पोखरा महानगरपालिका–१ निवासी किरणकृष्ण तिवारी (कृष्ण)लाइ उनकै घरबाट पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कास्कीकाे समन्वयमा तिवारीकाे घरमा छापा मार्दा उनकाे घरबाट रु १,००० दरका चारसय ७८ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। यसरी पाेखराबाट नियन्त्रणमा लिइएका नक्कली नाेटहरू पाेखरामा प्रयाेग भएकाे हुनसक्ने तर यसबारेमा अनुसन्धान जारी रहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी चन्दले जानकारी दिए ।
‘अपरेशन चार्ली’ अन्तर्गत प्रहरीले बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोहको पर्दाफास गर्दै पाेखराका तिवारीसिहत ६ जनालाई पक्राउ गरेको छ। गिरोहको साथबाट नक्कली नोट, नोट छाप्न प्रयोग हुने उपकरण तथा अन्य सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असार २६ गते गंगा कुमारी पूर्वछानेसँग चिनजान रहेकी एक महिलाले क्यूआर (QR) मार्फत रु २,१०० भुक्तानी गरेपछि बदलामा रु १,००० दरका दुई थान र रु १०० दरको एक थान नोट प्राप्त गरेकी थिइन्। पछि किनमेलका क्रममा तीमध्ये एउटै सिरियल नम्बर भएका रु १,००० का दुई नोट नक्कली रहेको खुलेपछि पीडितले असार २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन्।
उजुरीपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले ‘अपरेशन चार्ली’ सञ्चालन गरी बुटवल उपमहानगरपालिका–११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछानेलाई पक्राउ गरेको थियो। उनको घरमा गरिएको खानतलासीका क्रममा रु १,००० दरका १०३ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा कास्की पोखरा महानगरपालिका–१ निवासी **किरण कृष्ण तिवारी (कृष्ण)**को संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पनि पक्राउ गरिएको थियो। उनको साथबाट रु १,००० दरका ४७८ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानबाट भक्तपुर चाँगुनारायण नगरपालिका–१ निवासी रामचन्द्र खत्रीको समेत संलग्नता पुष्टि भएपछि उनलाई पनि पक्राउ गरिएको थियो। खत्रीसँगको बयानका आधारमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित भाडाको दुई कोठामा नक्कली नोट छाप्ने ‘कम्पनी’ सञ्चालन हुँदै आएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त स्थान खानतलासी गर्दा फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट काट्ने मेसिन लगायत नोट छपाइमा प्रयोग हुने विभिन्न उपकरण बरामद गरेको छ।
यस प्रकरणमा सञ्जय थारु, पासाङ तामाङ र भारतको पश्चिम बंगाल सिलिगुडी निवासी वासुमित्र आनन्दलाई समेत पक्राउ गरिएको छ।
प्रहरीले पक्राउ परेका सबैलाई रुपन्देही जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ निवासी ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्की पोखरा महानगरपालिका–१ निवासी किरण कृष्ण तिवारी (कृष्ण), कपिलवस्तु बाणगंगा नगरपालिका–१ निवासी सञ्जय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका–१ निवासी ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका–४ निवासी ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल राज्य, सिलिगुडी भक्तिनगर थाना निवासी ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।
प्रहरीले घर तथा कोठाको खानतलासीका क्रममा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट बरामद गरेको छ। बरामद नक्कली नोटको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यसका साथै नक्कली नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, विशेष कागज, लेमिनेसन मेसिन, विभिन्न केमिकल, प्लास्टिक पेपर, नोट कटिङ मेसिन तथा ६ थान मोबाइल फोन समेत बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेका सबैमाथि मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
तिवारी
४ सय ७८ थान
२८ गते राती
रामचन्द् खत्री
४७८