हेर्नुस, आज कुन विदेशी मुद्राको कति छ सटही छ ?

हेर्नुस, आज कुन विदेशी मुद्राको कति छ सटही छ ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ असार २०८३
  • 1.5K
    Shares

पोखरा , २८ असर २०८३।

नेपाल राष्ट्र बैंकले आज (आइतबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो मुद्राको भाउ  स्थिर छ। 

हिजो अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्दा अस्ट्रेलियन डलरसहित कतिपय मुद्रा भने महँगिएका थिए। 

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। 

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। 

त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०६ रुपैयाँ १७ पैसा छ। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा छ। 

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ७६ र बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया
सम्बन्धित समाचार