पोखरा, २५ असार २०८३।
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गाइबिसौना स्थित घोराही-घर्तीगाउँ सहिद मार्ग खण्डमा बुधबार दिउँसो भएको बस दुर्घटनाको प्रा विवरण सार्वजनिक भएको छ।
घर्तीगाउँ देखि काठमाडौ तर्फ जादै गरेको लु २ ख २९६६ नम्बरको बस दुर्घटनामा घाइते भएका १४ जना यात्रीको अवस्थासहितको पुरा विवरण सार्वजनिक भएको हो।
उक्त बसमा चालकसहित जम्मा २५ जना सवार रहेकामा चालकवाहेक अन्य घाईतेहरु सामान्य उपचार पश्चात थप उपचारको लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ रिफर गरिएको छ ।
घाइतेहरुको अबस्था
१ रोल्पा माडि गा.पा.वडा न.२ घर्तिगाँउ वस्ने वर्ष २५ की जुनमाया पुनमगरको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस ।
२ रोल्पा त्रिवेणि गा.पा.वडा न.७ रामि वस्ने वर्ष १९ को अम्मर झांक्री शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस ।
३ रोल्पा परिवर्तन गा.पा.वडा न. २ राङ्सी वस्ने वर्ष अ. ३९ को राम बहादुर घर्तिमगर शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस ।
४ रोल्पा रोल्पा न.पा.वडा न. ३ क्युरी वस्ने वर्ष २५ की मनिषा वि.क. शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस ।
५ दाङ घोराही उ.म.न.पा. वडा न. १६ सर्रा वस्ने वर्ष ५० की सुनिता घर्तिमगर ढाड र टाउकोमा चोट अवस्था मध्यम।
६ रोल्पा माडि गा.पा.वडा न.२ वस्ने वर्ष ३० की सुनिता वुढामगर वायाँ हातमा चोट अवस्था सामान्य ।
७. रोल्पा परिवर्तन गा.पा.वडा.न.४ वस्ने वर्ष ४५ की मिरा वुढा शरिरमा सामान्य चोट अवस्था सामान्य ।
८. रोल्पा माडि गा.पा. वडा न. २ वस्ने वर्ष २९ को विशाल परियार सामान्य ।
९. रोल्पा माडि गा.पा.वडा न. ५ भावाङ वस्ने वर्ष २९ की सर्मिला घर्ति सामान्य ।
१०. जि.रोल्पा माडि गा.पा.२ वस्ने वर्ष अ. २६ को चन्द्रविर पुन हातमा चोट सामान्य ( चालक)
११. रोल्पा न.पा.वडा न.७ कोर्चावाङ वस्ने वर्ष ४० को टेक बहादुर सार्की सामान्य ।
१२. रोल्पा परिवर्तन गा.पा. वडा न. ४ पाछावाङ वस्ने वर्ष १७ को शिवशक्ति वुढामगर सामान्य ।
१३. रोल्पा परिवर्तन गा.पा. वडा न. ३ हाइवाङ वस्ने वर्ष २३ को विशाल डांगी सामान्य ।
१४. रोल्पा माडि गा.पा.वडा न.२ वस्ने वर्ष ६८ की भिमा पुन टाउको चोट सामान्य ।