बीरगञ्जबाट लमजुङ जाँदै गरेकाे बस मकवानपुरकाे मनहरिमा दुर्घटना, पाँच जना घाइते

बीरगञ्जबाट लमजुङ जाँदै गरेकाे बस मकवानपुरकाे मनहरिमा दुर्घटना, पाँच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ असार २०८३
  • 1.5K
    Shares

पोखरा, २४ असार २०८३।

मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको यात्रुबाहक बस मङ्गलबार राति मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा स्टेयरिङको टाइ–रड भाँचिएर अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिदा पाँच जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, दुर्घटनामा बस चालक सर्लाहीका ३९ वर्षीय भीमबहादुर विक, चितवनको भरतपुर महानगरपालिका–४ का ३० वर्षीय सञ्जय तामाङ, पर्साको परवानीपुर गाउँपालिका–३ का ५४ वर्षीय मोहम्मद आजाद, बाराको देवताल गाउँपालिका–१ का २३ वर्षीय राजकुमार राम तथा भारतको मोतिहारीका २५ वर्षीय सुधीरकुमार घाइते हुनुभएको छ। उहाँहरूको टाउको, निधार, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। बसमा चालकसहित १६ जना सवार थिए।

बसमा चालकसहित १६ जना सवार थिए। दुर्घटनापछि इलाका प्रहरी कार्यालय मनहरी र ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेर पाँच जना घाइतेको उद्धार गरी मनहरी अस्पताल पुर्‍याएको थियो। सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया