पोखरा, २४ असार २०८३।
म्याग्दीमा एउटा बाेलेराेमाथि अर्काे बाेलेराे गाडी खसेर दुर्घटनाग्स्त हुा नाै जना घाइते भएका छन ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ फेदिखोला क्षेत्रमा बुधबार अपराह्न करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७ च ७७९५ नम्बरको बोलेरो जिप सडकको घुम्तीमा अनियन्त्रित भई पल्टिएर विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ३३१४ नम्बरको यात्रुबाहक बोलेरोमाथि खस्दा नाैजना घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार, दुर्घटनामा ताकमकी १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीया सुनबिर रसाइली, ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धना कुमारी सुनार, ६३ वर्षीय दलबहादुर सुनार, २६ वर्षीया कल्पना सुनार तथा रोल्पा खवाङ गाउँपालिका–५ निवासी ५२ वर्षीय भीमसेन पुनसहित ९ जना घाइते भएका छन्। भीमसेन पुनको हातमा सामान्य चोट लागेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा जिपको ब्रेकमा समस्या आएपछि सवारीसाधन अनियन्त्रित भएको हुन सक्ने प्रहरीले जनाएको छ।
स्थानीयवासीबाट दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी दरबाङ आधारभूत अस्पतालमा उपचारका लागि पठाएको थियो। गम्भीर घाइतेको अवस्था सुधारोन्मुख रहेकाले थप उपचारका लागि आवश्यक परे रिफर गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।