सिरहास्थित वन कार्यालय प्रमुख १२ हजार रुपैयाँ घुससहित पक्राउ

सिरहास्थित वन कार्यालय प्रमुख १२ हजार रुपैयाँ घुससहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ असार २०८३
  • 1.8K
    Shares

पोखरा, २३ असार २०८३।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको बन्दीपुरथित सब डिभिजन वन कार्यालयका प्रमुख रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।

अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले मंगलबार कर्जन्हा नगरपालिका–४ बाट यादवलाई सेवाग्राहीसँग घुस रकम लिइरहेका बेला रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै यादवले प्रति ट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए।

घुस मागिएको भन्दै उद्योगीले अख्तियारमा उजुरी दिएपछि योजनाबद्ध रूपमा सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा यादवलाई घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ।

पक्राउ परेका यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया