पोखरामा चारसय ग्राम गाँजासहित एक युवा पक्राउ

पोखरामा चारसय ग्राम गाँजासहित एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ असार २०८३
  • 1.6K
    Shares

pokharabaata gaanjaa sahit pakrau , पोखरामा गाँजासहित पक्राउ

पोखरा, २३ असार २०८३।

अबैध लागू औषध गाँजासहित पोखराबाट एक जना युवा पक्राउ परेका छन्।

पोखरा महानगरपालिका–१५ स्यानी मजुवाबाट चारसय एक ग्राम अबैध लागू औषध गाँजासहित एक जना युवा पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब ८ बजे उक्त परिमाणको गाँजासहित मादी गाउँपालिका–८ स्थायी घर भई हाल पोखरा–१५ स्यानी मजुवामा बस्दै आएका २६ वर्षीय एलेक्स गुरुङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

लागुऔषध ओसारपसार तथा खरिद–बिक्री गरेको आरोपमा पक्राउ परेका गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया