अदालतले छाडेसंगै अभिषेक गिरी सीआइबीको नियन्त्रणमा, राति नै विमानबाट काठमाडौं लगियो

अदालतले छाडेसंगै अभिषेक गिरी सीआइबीको नियन्त्रणमा, राति नै विमानबाट काठमाडौं लगियो


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २२ असार २०८३
  • 3.2K
    Shares

abishek giri re-arrest

काठमाडौँ, २२ असार २०८३।

अभिषेक गिरि अदालतले छाडे लगत्तै फेरि पक्राउ गरेर काठमाण्डौ लैजाँदै प्रहरी

अपराधिक लाभ मुद्दामा थुनामुक्त भएका विराटनगरका अभिषेक गिरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पुनः पक्राउ गर्दै काठमाडौं लगेको छ । गिरीलाई सोमबार राति विराटनगर विमानस्थलबाट काठमाडौं लगिएको हो ।

जिल्ला कारागार मोरङका कैदीबन्दीको आर्थिक हिनामिना गरेको आरोपमा पक्राउ परेका गिरीलाई सोमबार मोरङ जिल्ला अदालतले थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । उनलाई अदालतले आदेश दिएसंगै प्रहरीले भ्यानमा राखेर विमानस्थल लगेको थियो।

प्रतिक्रिया