काठमाडौँ, २२ असार २०८३।
मोरङमा एक युवाले आफ्नै भाउजुको हत्या गरेका छन् भने ठुलोबुबालाई पनि आक्रमण गरेर घाइते बनाएका छन्।
मोरङ जिल्लाको ग्रामथान गाउँपालिका–६ झोवाबनीका अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरीले हानेर आफ्नै २० वर्षीया सिमा राजवंशीको हत्या गरेका हुन् भने ठुलोबुबा ४७ वर्षीय शिवलाल खवासलाई पनि आक्रमण गरेर घाइते बनेका छन्।
सौचन खवासले भाउजु सिमा राजवंशीलाई घाँटीमा खुकुरीले हानेर हत्या गरेका प्रहरील बराएको छ। ठुलोबुबा शिवलाल खवासको दाहिने काँधमा गहिरो चोट लागेको तथा अवस्था मध्यम रहेको र हाल स्थानीय नेताचोकस्थित मेडिकलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरैंचा तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग गरिएको खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको