पोखरा, २१ असार २०८३।
बैंकिङ कसुर मुद्दामा पोखराबाट एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत बागलुङले गएको चैत २६ गते बैंकिङ कसुर मुद्दामा जारी गरेको पक्राउ पुर्जीका आधारमा आज पोखराबाट एक जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं. ०४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोट बस्ने वर्ष ५९ को गोविन्द नारायण उपाध्याय रहेको प्रहरीले जानकारी दिएको छ।
उपाध्यायाबिरुद्ध बाबुराज कार्कीले जिल्ला अदालत बागलुङमा बैंकिङ कसुर मुद्दा दर्ता गरेका थिए। उपाध्यायलाई वडा प्रहरी कार्यालय बगर, कास्कीको सहकार्यमा पक्राउ गरि आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।