‘गैरकानुनी’ क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भक्तपुरबाट एक युवा पक्राउ

‘गैरकानुनी’ क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भक्तपुरबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, २० असार २०८३
  • 1K
    Shares

crypto currency कारोबार

काठमाडौं, २० असार २०८३

नेपालमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सीमार्फत करोडौं रुपैयाँको कारोबार गरेको आरोपमा भक्तापुरबत एक युवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले गैरकानुनी मानिएको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ बाट स्थानीय २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरेको हो ।

प्रजापतिले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर मानिसहरूलाई ठगी गर्ने र त्यसबाट प्राप्त रकमलाई क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी अवैध कारोबार गर्ने गरेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।पक्राउ परेका प्रजापतिले हालसम्म एककरोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको प्रमाण फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

अनुसन्धानका क्रममा उनका विभिन्न डिजिटल वालेट तथा खातामा सातहजार चारसय ८५ अमेरिकी डलर (नेपाली रुपैयाँ करिब ११ लाख ४१ हजार ९८३) मौज्दात रहेको पनि प्रहरीले जनाएको छ।

प्रहरीले प्रजापतिविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार नेपालमा क्रिप्टोकरेन्सीको खरिद–बिक्री, लगानी तथा कारोबार गैरकानुनी मानिन्छ। प्रहरीले यस्ता अवैध आर्थिक गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई समेत आग्रह गरेको छ।

प्रतिक्रिया