पोखरा, १२ असार २०८३।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ थप घटेको छ। हिजो पनि यी सबैजसो मुद्राको मूल्य घटेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ १७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा छ। त्यसैगरी कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ९२ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५५ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर
