नेपाली सेनाको जहाज दुर्घटना : क्याप्टेनको मृत्यु, दुई घाइते[भिडियोसहित]

नेपाली सेनाको जहाज दुर्घटना : क्याप्टेनको मृत्यु, दुई घाइते[भिडियोसहित]


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ जेष्ठ २०७४
  • 22.3K
    Shares

काठमाडौँ, जेठ १६ – नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते रहेका छन् ।  सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा क्याप्टेन कैलाश गुरुङ रहेका छन् । त्यस्तै घाइतेमा को पाइलट अनिता आले तथा सुबेदार पूर्ण बहादुर खड्का रहेका छन् ।

बाजुरका सिडियो देवेन्द्र लामिछानेका अनुसार उनीहरुलाई सीता एयरको विमानबाट नेपालगञ्जका लागि उपचारको लागि ल्याइएको थियो ।

नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो ।

खराब मौसमपछि हुम्लातर्फ उडेको विमानलाई बाजुरा जिल्लाको बुढीनन्दा नपा–२ स्थित कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्न खोजिएको थियो ।

अवतरण गर्ने क्रममा विमानस्थलबाट ५० मिटर तल रहेको खेतमा क्र्यास भएको नेपाली सेनाले जनाएको छ ।

विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले भने,
“अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको हो ।” दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए ।

प्रतिक्रिया