एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै किन फर्काइए ?

एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै किन फर्काइए ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ जेष्ठ २०८३
  • 5.9K
    Shares

anfa president pankaj nembang with deneral secretarey kiran rai

फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा उनीहरूको पासपोर्ट अझै कालोसूचीमा रहेकाले विदेश जान रोक लगाइएको हो।

एन्फाको आर्थिक अनियमिततासम्बन्धी छानबिनका क्रममा परिषद्ले अध्यक्ष नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न सिफारिस गरेको थियो। छानबिन प्रतिवेदन बुझाइसकिए पनि सम्बन्धित पदाधिकारीहरूको पासपोर्ट फुकुवा गरिएको छैन।

एन्फा र राष्ट्रिय खेलकुद परिषद्बीच लामो समयदेखि विवाद रहँदै आएको छ। परिषद्ले यसअघि एन्फालाई निलम्बन गरे पनि पछि उक्त निर्णय फिर्ता लिएको थियो।

प्रतिक्रिया