भारत जाने टिकट देखाएका भारतीयलाई दुबई जान सहयोग गरेको आरोपमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

भारत जाने टिकट देखाएका भारतीयलाई दुबई जान सहयोग गरेको आरोपमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २५ जेष्ठ २०८३
  • 4.9K
    Shares

दिल्ली हिडेका भारतीयलाई दुबई जान सहयोग गरेको आरोप लागेका नेपाल एयरलाइन्सका कर्मचारी

काठमाडौं, २५ जेठ २०८३।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुईजना करारका कर्मचारी पक्राउ परेका छन् ।

भारत जाने टिकट देखाएका  एक भारतीय नागरिकलाई दुबई जान सहयोग गरेको आरोपमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई जना करारका कर्मचारी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका ग्राउण्ड ह्यान्डलिङ स्टाफ सुमित्रा चन्दप्रवीण लामिछाने रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।

एसएसपी खड्काका अनुसार, भारतको निजी विमान कम्पनी इन्डिगोमार्फत भारत जान लागेका एक भारतीय नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन जाँच प्रक्रिया पूरा गरी प्रतीक्षालय (वेटिङ रुम) प्रवेश गरेका थिए। प्रतीक्षालयमा पुगेपछि ती यात्रुलाई नेपाल एयरलाइन्सकी कर्मचारी चन्दले फ्लाई दुबईको बोर्डिङ पास उपलब्ध गराएपछि ती भारतीय नागरिक दुबई पुगेको देखिएको एसएसपी खडकाले बताए।

नेपालबाट तेस्रो मुलुक यात्रा गर्ने भारतीय नागरिकले अनिवार्य रूपमा नो अब्जेक्सन सर्टिफिकेट (NOC) पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। तर सम्बन्धित प्रक्रिया पूरा नगरी यात्रुलाई विदेश पठाइएको आशंकामा अध्यागमन विभागले प्रहरीलाई जानकारी गराएपछि दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया