झापा, २५ जेठ २०८३।
झापा जिल्लासहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा आज भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्का महसुस भएपछि केहीबेर सर्वसाधारण घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए।
स्थानीयवासीका अनुसार केही सेकेन्डसम्म जमिन हल्लिएको अनुभव भएको थियो। झापाको बिर्तामोड, दमक, मेचीनगर, भद्रपुर लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।
भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११ः२१ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार राति ११ः२१ बजे गएको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको केन्द्रबिन्दु भुटानको पुनाखाबाट ५ किलोमिटरको दूरीमा रहेको प्रारम्भिक अनुमान गरिएको छ । यस भूकम्पको प्रभाव भुटानका साथै नेपाल, भारत, बंगलादेश र चीनमा समेत परेको छ ।