पूर्वसभामुख महरालाई एक लाख धरौटीमा रिहा गर्न आदेश

पूर्वसभामुख महरालाई एक लाख धरौटीमा रिहा गर्न आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ जेष्ठ २०८३
  • 3K
    Shares

पोखरा, १८ जेठ २०८३।

पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी नेकपा का नेता कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलाशले महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

महारालाई अन्य प्रतिवादीहरुसँग मिलेमतो गरी भन्सार छलेर साढे आठ किलो सुन तस्करी गरेको आरोपमा प्रतिवादी बनाइएको थियो।

सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानी नोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा थुनछेकका लागि सोमबार बिहानै महरा विशेष अदालतमा उपस्थित भएका थिए । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले महरासँग एक लाख रुपैयाँ धरौटी माग गरेको हो। बयानका क्रममा महराले अदालतमा भेपमा सुन तस्करी भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए।

राज्यलाई कुनै हानीनोक्सानी नपुर्‍याएको दाबी गर्दै उनले कसुरमा इन्कार गरेर बयान गरेका थिए। तर अख्तियारले भने भेपमा चिनियाँ नागरिकले ल्याएको सुन छुटाउन तत्कालीन विभानस्थल भन्सारका प्रमुख अरुण पोखरेलसँग सवाद गरेको आरोप छ।  सोही आरोपमा महरासँग एक लाख रुपैयाँ धरौटी माग गरेको हो।

२०८२ असोज २९ गते जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर मंसिर ११ गते उच्च अदालत पाटनले जिल्लाको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।  २०७९ पुस १० गते फ्लाई दुबईमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेशभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए। 

उक्त भेपमा सुन लुकाएर सुन ल्याइएको थियो। तर सुन भन्सारका नासु रेवन्त खड्का लगायतले मिलेमतो गरेर बेचेका थिए।  भन्सारमा आफ्ना सामान रोकिएपछि बाबु कृष्णबहादुर र छोरा राहुलले भन्सारमा दबाब दिएको आरोप छ। उनका छोरा राहुल महरा यही मुद्दामा कारागार चलान भएका छन्। 

यसअघि सीआईबीले पनि महराका बाबु छोरालाई नै प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। कृष्णबहादुर महरा उक्त मुद्दामा २० लाख धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया