गणतन्त्र दिवस मूल समारोहमा सैनिक जवान बेहोश

गणतन्त्र दिवस मूल समारोहमा सैनिक जवान बेहोश


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • 2.1K
    Shares

पोखरा , १५ जेठ २०८३।

काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित १८औँ गणतन्त्र दिवस २०८३ को मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान अचानक बेहोश भएका छन्।

समारोह चलिरहेको समयमा ती जवान परेड मैदानमै अचेत भई ढलेका थिए । सैनिक जवान बेहोश भएलगत्तै समारोह स्थलमा तैनाथ अन्य सुरक्षाकर्मी र स्वास्थ्य टोलीले उनलाई तत्काल उद्धार गरेका थिए। उनलाई मैदानबाट बाहिर निकाली तत्काल प्राथमिक उपचार प्रदान गरिएको थियो। बेहोश सैनिक जवानको परिचय खुल्न सकेको छैन । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया