पोखरा , ७ जेठ २०८३।
स्याङ्जामा १२ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानी, स्याङ्जाको संयुक्त प्रहरी टोलीले १२ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर–०६ बस्ने २८ वर्षीय सन्दिप बि.कलाई पक्राउ गरेको हो।
गत जेठ १ गते राती अन्दाजी ११ बजेको समयमा बि.क.ले ती बालिकालाई वलात्कार गरेको आरोप जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लगाएको छ।
पक्राउ परेका बि.क. विरुद्ध स्याङ्जा जिल्ला अदालतबाट जबरजस्ती करणी कसूरमा जेठ ३ गतेदेखि पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका छन् ।