आज कुन विदेशी मुद्राको विनिमयदर कति?

आज कुन विदेशी मुद्राको विनिमयदर कति?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ जेष्ठ २०८३
  • 874
    Shares

पोखरा, ३ जेठ २०८३।

नेपाल राष्ट्र बैंकले आज (आइतबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। 

हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य बढेको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। शनिबार हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको अमेरिकी डलर आज पनि सोही मूल्यमा स्थिर रहेको हो।

त्यसैगरी आज युरो १ को खरिददर १७८ रुपैयाँ ३८ र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७५ पैसा छ। 

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा छ। 

आज कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा छ। 

आज बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९३ पैसा छ। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

२०८३ साल जेठ ३ गतेको बिदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया