पोखरा, २ जेठ २०८३।
सर्लाहीमा इँटाको चाङले पुरिएर तीन जना मजदुरको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन्।
हरिपुर नगरपालिका–५ मजुर्वास्थित वीरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा शुक्रबार साँझ साढे ६ बजे बजे पर्खाल पल्टिएर पुरिंदा तीन जना मजदुरको मृत्यु भएको हो।
मृत्यु हुने मजदुरहरुमा हरिपुर नगरपालिका–७ रामवन बस्ने अन्दाजी वर्ष ५० को फिताई मंसुर, सोही नगरपालिका–९ गौडेता बस्ने अन्दाजी वर्ष ३५को शम्भु राउत र भारतको लखेमपुर बस्ने अन्दाजी वर्ष ३५ अंगद कुमार रहेको प्रहरीले जानकारी दिएको छ।
शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।
सोही घटनमा घाइते भएका सर्लाहीको मलंगवा नगरपालिका–७ बस्ने वर्ष ३२ का तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवा र सोही ठाउँका वर्ष ५२ का सत्य नारायण र रामवन बस्ने अन्दाजी वर्ष ५० का फिताई मंसुरको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको प्रहरीले बताएको छ।