यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला : यस्तो बन्यो नयाँ कार्यसमिति

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला : यस्तो बन्यो नयाँ कार्यसमिति


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ बैशाख २०८३
  • 855
    Shares

पोखरा , ३१ बैशाख २०८३।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनले पुण्यप्रसाद सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

पोखरामा बुधबार सम्पन्न नयाँ नेतृत्वको लागि भएको चुनाबमा अध्यक्ष पदका लागि निकटतम प्रतिष्पर्धी हरिशरण केसीले चार सय ६४ मत पाउँदा सिटौलाले एक हजार ३० मत ल्याएर महासंघको अध्यक्ष निर्बाचित भएका हुन्।

महासंघको नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षत्रय सानुकाजी प्रजापति, ऐनकुमार साई र केदारप्रसाद पौडेल बिजयी बनेका छन्। बरिष्ठ उपाध्यक्ष पदमा छ जनाले उम्मेदवारी दिएकोमा प्रजापतिले सर्वाधिक आठ सय २६ मत, साईले सात सय ४९ मत र केदारप्रसाद पौडेलले पाँच सय ७९ मत पाएर उक्त पदमा बिजयी बनेका छन्।

महासंघको महासचिव पदमा छसय ९८ मतका साथ् डेकनाथ गौतम, कोषाध्यक्षमा सातसय १६ मतका साथ राजेन्द्र आचार्य निर्वाचित हुँदा १३ जनाको उम्मेदवारी परेको उपाध्यक्ष पदमा चन्द्र ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी चुनिएका छन् । 

यस्तै उपमहासचिवत्रयमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम थापा, सचिवत्रयमा उमेश केसी, चेतप्रसाद गौतम र टेकप्रसाद बस्याल तथा कोषाध्यक्षमा राजेन्द्र आचार्य र सहकोषाध्यक्षमा शोभाखर पौडेल निर्वाचित भएका छन् ।

महासङ्घको ८६ पदका लागि एक हजार छ सय ६३ प्रतिनिधिले मतदान गरेका थिए । नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै अहिलेको अवस्थामा यातायात व्यवसायीका समस्या सुल्झाउन लाग्ने वाचा गरेका थिए ।

प्रतिक्रिया