पोखरा , ३१ बैशाख २०८३।
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अमेरिकी डलरको भाउ आज पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्डसहितका केही मुद्राको भाउ भने घटेको छ।
तर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य भने आज पनि बढेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
विगत केही दिनदेखि लगातार उच्च मूल्यको रेकर्ड राख्दै आएको अमेरिकी डलरको विनिमयदर आज थप वृद्धि भएको हो। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा थियो।
आज युरो १ को खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा छ। हिजो युरो १ को खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५३ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७८ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ५०० रुपैयाँ ८७ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ६० पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४२ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर
