अमेरिकी डलरको मूल्य लगातार वृद्धि, युरो, पाउन्ड र दिनार थप महँगिए

अमेरिकी डलरको मूल्य लगातार वृद्धि, युरो, पाउन्ड र दिनार थप महँगिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० बैशाख २०८३
  • 1.7K
    Shares

पोखरा , ३० बैशाख २०८३।

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

अमेरिकी डलरले आज पनि अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड कायम गर्दा अरु सबैजसो मुद्राको भाउ उच्चदरमा बढेको छ। हिजो पनि सबैजसो मुद्राको मूल्य बढेको थियो। 

अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य आज पनि बढेको राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

हिजो हालसम्मकै उच्च बनेको अमेरिकी डलरको विनिमयदर आज पनि वृद्धि भएको हो। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा थियो। 

आज युरो १ को खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा छ। हिजो युरो १ को खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा थियो। 

आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ६० पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ०४ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया