मंसिर ११ सम्म नेकपाले एकता महाधिवेशन गर्ने, यस्तो छ वडादेखिको कार्ययोजना

मंसिर ११ सम्म नेकपाले एकता महाधिवेशन गर्ने, यस्तो छ वडादेखिको कार्ययोजना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ बैशाख २०८३
  • 1.5K
    Shares

पाेखरा, २७ बैशाख २०८३ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ गतेसम्म एकता महाधिवेशन गर्नेगरी तयारी थालेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशन अपानी मा जेठ मसान्तभित्र सबै वडातहसम्मको समायोजन प्रक्रिया टुंगो लगाउने बताइएको छ।

असार १ गतेदेखि साउन १५ गतेसम्म श्रम कार्यमा जोडिँदै पार्टी सदस्यता नवीकरण र विस्तार गर्ने, भदौ १ गतेदेखि १५ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने, १६ गतेदेखि मसान्तसम्म पालिका र असोज मसान्तसम्म जिल्लाको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने अपानीमा उल्लेख गरिएको छ।

अपानीमा कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन र मंसिर ११ सम्म एकता राष्ट्रिय महाधिवेशन गर्ने नेकपाले जनाएको छ।

प्रतिक्रिया