सिन्धुलीमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना : पाँच जना घाइते

सिन्धुलीमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना : पाँच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा, २४ बैशाख २०८३।

सिन्धुलीमा जन्ती बोकेको बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा पाँच जना घाइते भएका छन्।

फिक्कल गाउँपालिका–१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट–रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबलक्याप बोलेरो जिप आज बिहान सिन्धुलीको दुधौली नगरपालिका–१ राँगेस्थित घुम्ती सडकमा अनियन्त्रित भई सडकबाट दुर्घटनाग्रस्त हुँदा पांच जना घाइते भएका हुन्।

गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटना भए पनि बेहुला भने सकुशल रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएका योगबहादुर खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको वडा नं. १ का सचिव हेरम्बराज अधिकारीले जानकारी दिए । अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विकलगायत चार जनाको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबैको अवस्था निगरानीमा रहेको अस्पताल स्रोतले जनाएको छ ।

विवाह समारोहका लागि हिँडेको जन्ती टोली दुर्घटनामा परेपछि केही समय स्थानीय क्षेत्रमा त्रास र अफरातफरीको अवस्था सिर्जना भएको थियो । स्थानीयवासीका अनुसार उक्त सडक खण्ड साँघुरो तथा घुम्ती धेरै भएकाले वर्षे तथा बिहानको समयमा सवारी सञ्चालन जोखिमपूर्ण बन्ने गरेको छ ।

प्रतिक्रिया