तनहुँको डुम्रेबाट हराएको जिप काठमाडौँस्थित वर्कशपमा भेटियो

तनहुँको डुम्रेबाट हराएको जिप काठमाडौँस्थित वर्कशपमा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ बैशाख २०८३
  • 1.4K
    Shares

पोखरा , १६ बैशाख २०८३।

तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेबाट हराएको जिप काठमाडौँस्थित वर्कशपमा भेटिएको छ।

मंगलबार राति करिब २३:५० बजेको समयमा सानो डुम्रेस्थित मुस्ताङ प्लाजा होटल अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट हराएको ग २ च ७७९३ नम्बरको गाडी बुधबार बिहान ०८:४० बजे काठमाडौँको कुलेश्वरस्थित सकिल अटो वर्कसपमा भेटिएको हो।

गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ मा रहेको पालुङ पोल्ट्री फिसर फर्म प्रा.लि.को नाममा दर्ता रहेको उक्त गाडीसहित प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ का २८ वर्षीय बिपिन मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए।

नियन्त्रणमा लिइएको सवारी साधन तनहुँ ल्याउने क्रममा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया