पोखरा , १६ बैशाख २०८३।
जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर्याएका मोरङ बेलबारीका दाजुभाइ पक्राउ परेका छन्।
जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले २०७७ फागुन ४ गते दोषी ठहर गर्दै जनही १७ वर्ष पांच महिना २१ दिन कैद सजाय हुने फैसला सुनाइएका मोरङ बेलबारीका दाजुभाइ मंगलबार साँझ पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका–५ का ५७ वर्षीय धनपाल भगत थारु र उनका दाजु भूपाल भगत भनिने भूपाल भगत थारुरहेको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त सूचना अधिकारी, प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिए। जिल्ला अदालत मोरङबाट सफाइ पाएका उनीहरुलाई उच्च अदालत बिराटनगरले दोषी ठहर गरेर कैद सजायं तोके पछि भने फरार रहेका थिए। घरमै लुकेर बसेको अवस्थामा दाजुभाइलाई नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । उनीहरुलाई अदालतमा बुझाउने प्रहरीको तयारी छ । प्रहरीले बुझाएपछि दुवै जनालाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ ।