‘बिहे नगरिदिएको’ भन्दै रुपन्देहीमा आफ्नै बाबुको हत्या

‘बिहे नगरिदिएको’ भन्दै रुपन्देहीमा आफ्नै बाबुको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा , १४ बैशाख २०८३।

‘बिहे नगरिदिएको’ भन्दै रुपन्देहीमा एक युवाले आफ़्बै बाबुको हत्या गरिदिएका छन्।

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडाका २४ वर्षिय सुनिल थारुले आफ्नो ‘बिहे नगरिदिएको ‘ भन्दै आइतबार दिउँसो घरकै आँगनमा ५८ वर्षिय बुबा जंगबहादुर थारुको घाँटी अठ्याइ हत्या गरिदिएका हुन्।

माइलो छोरा सुनिलले घांटी अठ्याएर बेहोश बनाएर भागेकोमा जंगबहादुरलाई उपचारको लागि कपिलवस्तुस्थित पिपरा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले जानकारी दिए। प्रहरीले सुनिललाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया