सशस्त्र प्रहरीमा यी सात एसपीहरुको भयो, एसएसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीमा यी सात एसपीहरुको भयो, एसएसपीमा बढुवा सिफारिस


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ बैशाख २०८३
  • 1.2K
    Shares

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय

पोखरा , १२ बैशाख २०८३।

सशस्त्र प्रहरी बलका सात जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त सात पदमा बढुवाका लागि सिफारिस गर्दै सूचना प्रकाशित गरेको हो। बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ। 

दिपकुमार महर्जन, सुधिर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी र प्रदिपसिंह कार्की बढुवाको लागि सिफारिस भएका हुन्। 

प्रतिक्रिया