आज अस्ट्रेलियन डलरको मूल्य उच्च, युरो, पाउन्ड र दिनार थप महँगिए

आज अस्ट्रेलियन डलरको मूल्य उच्च, युरो, पाउन्ड र दिनार थप महँगिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ बैशाख २०८३
  • 1.6K
    Shares

पोखराम ९ बैशाख २०८३।

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। हिजो पनि यी सबैजसो मुद्राको विनिमयदर बढेको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा थियो।

यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ३४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३८ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८९ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

२०८३ साल बैशाख ९ गतेको बिदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया