पोखरा , ६ बैशाख २०८३।
सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् ।
बनगाड कुपिण्डे नगरपालिका ८ थाराबाट कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर जाँदै गरेको लु.प्र ०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ सोही नगरपालिकाको वडा नम्बर १० पुछालामा दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने १८ जना घाइते भएका छन् ।
उक्त दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका ८ का ५० वर्षीय टोप बहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्ण बहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

दुर्घटनामा घाइते र अवस्था
१. जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा. ८ बस्ने बर्ष ३० को मन बहादुर थापाको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
२. ऐ.ऐ. बस्ने बर्ष ६४ को अम्मर सिहं कँवरको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश
३. ऐ.ऐ. बस्ने बर्ष २७ को डम्मर घर्तीको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
४. ऐ.ऐ. बस्ने बर्ष ३० को जनक थापा शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
५. ऐ.ऐ. बस्ने बर्ष ४९ को भुपेन्द्र कँवर शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
६. ऐ.ऐ. बस्ने बर्ष ३० को भुल बहादुर थापाको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
७. ऐ.ऐ. बस्ने बर्ष ५६ को जुग सिहं पुनको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
८. ऐ.ऐ. बस्ने बर्ष ३८ को अम्मर पुनको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
९. ऐ.ऐ. बस्ने बर्ष २८ को नरसिङ थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
१०. ऐ.ऐ. बस्ने बर्ष २५ को प्रेम बहादुर घर्तिको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
११. ऐ.ऐ. बस्ने बर्ष २५ को नर ब. थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
१२. ऐ.ऐ. बस्ने बर्ष ३८ को कर्ण ब. थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
१३. ऐ.ऐ. बस्ने बर्ष ४५ को लाल ब. घर्तीको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
१४. ऐ.ऐ. बस्ने बर्ष १५ को तिलक थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
१५. ऐ.ऐ. बस्ने बर्ष ५० को टोप ब. थापाको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस ( मृत्यु घोषण २१:४० )
१६. ऐ.ऐ. बस्ने बर्ष ५० को ठगे घर्तो शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस ।
१७. ऐ.ऐ. बस्ने बर्ष २९ को कर्ण ब. पुनको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस(सवारी धनि ) ।
१८. ऐ.ऐ. बस्ने चालक बर्ष ३८ को कुल बहादुर राना शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।
प्रहरी निरिक्षक भट्टराईका अनुसार , दुर्घटनामा परी एउटै गाउँका ३० वर्षीय मन बहादुर थापा, ६४ वर्षीय अम्मर सिहं कंवर, २७ वर्षीय डम्मर घर्ती, ३० वर्षीय जनक थपा, ४९ वर्षीय भुपेन्द्र कंवर, ३० वर्षीय भुल बहादुर थापा, ५६ वर्षीय जुग सिहं पुन घाइते भएका छन् ।
यस्तै ३८ वर्षीय अम्मर पुन, २८ वर्षीय नरसिहं थापा, २५ वर्षीय प्रेम बहादुर घर्ती, २५ वर्षीय नर बहादुर थापा, ३८ वर्षीय कर्ण बहादुर थापा, ४५ वर्षीय लाल बहादुर घर्ती, १५ वर्षीय तिलक थापा र ३८ वर्षीय गाडी चालक कुल बहादुर राना घाइते भएको भट्टराईले बताए ।
घाइतेहरु सबैलाई मेहलकुना अस्पताल पठाइएको प्रहरीले बताएको छ । जिप अनियन्त्रित हुँदा सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।