सार्वजनिक लेखा समितिको सभापति पद कांग्रेसलाई दिने रास्वपाको निर्णय

सार्वजनिक लेखा समितिको सभापति पद कांग्रेसलाई दिने रास्वपाको निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ बैशाख २०८३
  • 3.2K
    Shares

काठमाडौँ, ३ बैशाख २०८३ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पद कांग्रेसलाई दिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

रास्वपाले सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेसंगे कांग्रेसले एमाले र नेकपाको समर्थनमा उक्त पदमा आफ्नो पार्टीका सांसद मोहन आचार्यलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

एमाले र नेकपाले पनि कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलालले उक्त समर्थनबारे जानकारी दिएका छन्। यस निर्णयसँगै लेखा समिति सभापतिमा कांग्रेस उम्मेदवारको जित सुनिश्चित हुने आकलन गरिएको छ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आजको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समितिमा को को ? (सूचीसहित)

१) कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा

२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

३) पूर्वाधार विकास समिति– आशिष गजुरेल

४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी

५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन

७) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)

८) १२) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ

९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी

१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की

११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास

१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी

प्रतिक्रिया