पोखरा , २ बैशाख २०८३।
सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) निम दिकि शेर्पाले नववर्ष २०८३ को पहिलो दिनमा लोबुचे हिमालको सफल आरोहण गरेकि छिन् । उनले मंगलबार बिहान ८:५७ बजे ६ हजार १ सय १९ मिटर अग्लो सो हिमालको सफलतापुर्वक आरोहण गरेकी हुन् ।
हिमाल आरोहण गर्ने शेर्पा सशस्त्र प्रहरी बल नेपालको पहिलो महिला हुन्। बिश्वको सर्वोच्व शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी शेर्पाले यहि सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्ने छिन्। यसअघि उनलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झन्डा प्रदान गरेर बिदाइ गरिएको थियो।
सशस्त्र प्रहरी बलबाट यसअघि सशस्त्र प्रहरी नायब उपरिक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरिक्षक दन्त बहादुर छन्त्यालले सगरमाथा शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन्।